पोखरामा फ्रान्सेली महिला मृत फेला

Leaderboard Banner

पोखरा, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ११, छुमरुङ नजिकै सिन्ह्वामा एक विदेशी महिला मृतावस्थामा फेला परेकी छन् ।

अन्नपूर्ण बेसक्याम्पबाट फर्कने क्रममा माघ २६ गते सिन्ह्वा गेष्ट हाउसको कोठा नं ३ मा बास बसेकी राहदानी नं १७ एटी ९०६०२ की फ्रान्सेली नागरिक ३२ वर्षीय लाउरी मारा युटी टिजानकोभ नेडेव आज बिहान मृतावस्थामा फेला परेको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

थप अनुसन्धानका लागि शव फिस्टेलको हेलिकप्टरबाट आजै काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो । -रासस

प्रकाशित : शनिबार, माघ २७, २०७४२१:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

खुकुरी प्रहार गरी श्रीमतीको हत्या