Connect with us

बिश्व

आगलागीबाट तीन बालिकाको मृत्यु,तीन लाख बराबरको क्षति

रसुवा, दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ मा आज स्थानीय वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ ।

स्थानीय धनबहादुर मोक्तानको घरमा आज दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा भएका सरसामान समेत जलेर नष्ट हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । –रासस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!