जिप दुर्घटना अपडेट: किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

Leaderboard Banner

मलेखु, धादिङ । शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा थप एक किशोरीको शव निकालिएको छ ।

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो । टुचिनको सहायताले निकालिएको जिपभित्र किशोरीको शव भेटिएको थियो ।

सशस्त्र प्रहरी, कुरिनटारबाट गोताखोरको टोलीले पानीभित्र पसेर शब निकाल्ने र गाडी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चपाँई गम्भीर घाइते भएका थिए । उनलाई अन्य गोताखोरको टोलीले उद्धार गरी सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँस्थित नेपाली सेनाको अस्पतालमा लगिएको प्रहरी निरिक्षक तिमल्सिनाले बताउनुभयो ।

सिँचाइ मन्त्रालयका सचिव यादव उहाँको घर कपिलवस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा आफैँले हाँकेको बा २ झ ३१४० नं को जीप धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा सडकबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा सचिव यादवको मृत्युभएकोमा उहाँको शव विहानै निकालिएको थियो । दुर्घटनामा यादवका छोरा २२ वर्षीय सन्तोष अझै बेपत्ता छन् ।

प्रकाशित : शनिबार, माघ २७, २०७४१८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सभामुख पदका लागि एकमात्र उम्मेदवारी