पाँच दिनदेखि हराएकी युवती भारतमा फेला

Leaderboard Banner

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन ।

पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन् । परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो ।

फेला परेकी लक्ष्मीको उद्वार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

प्रकाशित : शनिबार, माघ २७, २०७४१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एक अर्ब ५० करोडको चिनियाँ लगानीमा पर्यटकीयस्थल निर्माण हुने