त्रिशुलीमा डुबेका शव निकाल्ने क्रममा सशस्त्र प्रहरीका “गोताखोर” हवल्दार चपाईं गम्भीर घाईते

Leaderboard Banner

काठमाडौँ । आज त्रिशुली नदीमा भएको जिप दुर्घटनामा परि हराईरहेका नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव सवार जिपमा सवार  बेपत्ता यात्रुहरुको खोज्ने क्रममा सशस्त्र प्रहरीका गोताखोर हवल्दार तारानाथ चपाईं पानीमा डुबेर गम्भीर घाइते भएका छन् । उनी सशस्त्र प्रहरीमा गोताखोरको भूमिका रहेका छन् ।

घाइते चपाईंलाई राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचारपछि आर्मी हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भएको छ ।सचिव यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ । यादवको शव निकालेपछि अर्को शव निकाल्न जाँदा चपाईं पानीभित्र डुबेर घाइते भएका हुन् ।

बेपत्ता भएका सचिव यादवका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए । नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उहाँका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् ।

बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : शनिबार, माघ २७, २०७४१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पाँच दिनदेखि हराएकी युवती भारतमा फेला