नेपाल टेलिकम कार्यालयबाट मोटरसाइकल चोरी गर्ने २ जना प्रहरीको फन्दामा!

Leaderboard Banner

विराटनगर, चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्नुभएको हो ।

मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङणबाट चोरी भएको को ५प ९६०५ नं को मोटरसाइकलमा को ५ प १२४२ नक्कली नम्बर राखि चलाउँदै आएको अवस्थामा र माघ १९ गते स्थानीय जैन भवन अगाडि पार्किङ गरिराखिएको अवस्थामा चोरी भएको को २३ प ८८५ नं को मोटरसाइकल लुकाइ राखेको अवस्थामा प्रहरीले फेला परेको बताउनुभयो ।

पक्राउ गरिएका अभियुक्त विरुद्ध चोरीको मुद्दा दर्ता गराएर म्याद थप गरिएको प्रहरी उपरीक्षक विसीले जानकारी दिनुभयो । बरामद भएको दुई मोटरसाइकलका धनी सम्पर्कमा आए पनि अन्य एक मोटरसाइकलका धनी सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

हालसम्म विभिन्न ठाउँबाट ५२ वटा मोटरसाइकल चोरी भएकोमा ६ वटा बरामद गरिएको र १२ जना अभियुक्तलाई पक्राउ गरी कारबाही चलाइएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : शुक्रबार, माघ २६, २०७४१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश १काे मुख्यमन्त्रीमा शेरधन राई