भूकम्प पीडितले थप १ लाख नपाउने?

Leaderboard Banner
file photo

हालै शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडितलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, बजेटमा पनि नपरेको र अर्थ मन्त्रालयको समेत स्वीकृति नभएकाले भूकम्पपीडितलाई अनुदान थप्ने प्रस्ताव चालू आर्थिक वर्षमै लागू हुने सम्भावना कम रहेको समाचारमा लेखिएको छ ।

‘कुनै विधेयक संसदमा गयो र त्यो अर्थसँग सम्बन्धित रहेत भने त्यसलाई सभामुखले अर्थ मन्त्रालयमा पठाउँछन् । अर्थ मन्त्रालयको स्वीकृतिबिना संसदले त्यस्तो विधेयक पारित नै गर्दैन । अर्कातिर, कुनै पनि खर्च गर्ने विषय अर्थ मन्त्रालयलाई नसोधीकन मन्त्रिपरिषदले पारित गर्ने चलन छैन ।

तर, अर्थ मन्त्रालयलाई कुनै सुइँकोसमेत नदिई मन्त्रिपरिषदले वृद्धभत्ता तथा भूकम्पपीडितलाई अनुदानसम्बन्धी प्रस्ताव पारित गरेको अर्थ मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ,’ नयाँ पत्रिकाले लेखेको छ । नयाँ पत्रिकाले भूकम्प पीडितले थप १ लाख रुपैयाँ अनुदान नपाउने सम्भावना रहेको समाचार लेखेको छ ।

प्रकाशित : शुक्रबार, माघ २६, २०७४१०:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सशस्त्रमा फेरि भाँडभैलो: ‘पहुँचवाला’ एआईजीलाई प्रदेशमै व्यवस्थापन गर्ने खेल