सकियाे अाेली र प्रचण्डबिचकाे भेटवार्ता , के भयाे निर्णय

Leaderboard Banner

काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ । आज सम्पन्न छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा दुर्इ पार्टीका अध्यक्षका बीचमा कुराकानी भएको थियो । दुर्इ नेताबीचको सहमति  अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्नेछ ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन बनाएर सफलता पाएका दुई शीर्ष नेताले पार्टी एकताको प्रक्रियालाई औपचारिक रुपमा अगाडि बढाउन नसकेको भन्दै आलोचना भइरहेकाे छ ।

प्रकाशित : बिहिबार, माघ २५, २०७४१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालले पायो १ सय ३९ रनको लक्ष्य