काठमाडाै । प्रदेश नम्बर ६ को प्रदेशसभाको एमाले संसदीय दलको नेतामा यामलाल कंडेल निर्वाैचित भएका छन । कंडेल एमाले प्रदेश ६ का सह–संयोजक एवं प्रदेश सांसद पनि हुन ।
बिहीबार सुर्खेतको विरेन्द्रनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले कंडेललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठक नेकपा एमाले प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालिको उपस्थितिमा भएको थियो ।
सभामुखको लागि अर्को बैठकबाट निर्णय गरिने भएको छ । वाम गठबन्धनको भागबन्डा अनुसार प्रदेश नम्बर ६ मा सभामुख एमालेको भागमा परेको थियाे।