Connect with us

बिश्व

यस्तो छ ३१७ कोठाको महल, १९ अरब सम्पत्ति र ३० बडीगार्ड रहेका अरबको राजकुमारको जीवन!

एजेन्सी, साउदी अरबमा भ्रष्टाचारको आरोपमा ११ राजकुमारहरुलाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएको राजकुमारहरु मध्ये सबैभन्दा धेरै चर्चा अलवलीद बिन तलालको रहेको छ । संसारको सबैभन्दा धनीको ५० औ सुचिमा रहेका राजकुमारमा शुमार तलाल मिडिल ईस्टको सबैभन्दा प्रभावशाली मानिसमा गनिने गर्दछन् । खबर अनुसार राजकुमारको बिल गेट्स देखी लिएर माइकल ब्लूमबर्गसम्मका मानिसहरुसँग राम्रो सम्बन्ध रहेको छ । एप्पल, ट्विटर, सिटी ग्रुप, सेन्चुरी फक्स आदि लगायतका कम्पनीहरुमा पनि उनको लगानी रहेको छ ।

निजी जिन्दगीको बारेमा कुरा गर्दा राजकुमार तलालले हालसम्म ३ पटक विवाह गरिसकेका छन् । तर उनको सबैसँग छोडपत्र पनि भइसकेको छ । एक मिडिया रिपोर्ट अनुसार राजकुमार तलालको सम्पति १९ अर्ब डलर रहेको छ । १९ अर्बको मालिक राजकुमार तलाल जब बिहान साइकल चलाउन बाहिर निस्कन्छन तब उनीसँगै ३० वोटा बडीगार्ड पनि निस्कने गर्दछन् । राजकुमारसँग ५ KR याटको राज्यभवन रहेको छ जुन उनले डोनाल्ड ट्रंपसँग किनेका थिए । त्यति मात्र नभएर उनको राज्य भवन सुनौलो रङको छ जसमा ३ सय १७ कोठाहरुको महल रहेका छन् । यो बाहेक उनको आफ्नै व्यक्तिगत जेट्स पनि रहेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!