काठमाडाै । प्रदेश नं ७ मा राष्ट्रिय सभाका लागी गरीएकाे निर्वाचन सम्पन्न भएकाे छ ।
८८ स्थानीय तहका एक सय ७६ जना नगरप्रमूख/उपप्रमूख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र ५३ जना प्रदेश सभाका सांसद गरी कुल दुई सय २९ जना मतदाता रहेकाे यस प्रदेशमा रजपाका दुर्इ जना सांसदबाहेक सबैले मतदान गरेका छन । राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान नगरेका हुन ।
७ नम्बर प्रदेशमा कुल ८ जनामध्ये दुईजना सांसदका लागि मतदान भएको हो । ६ जना उम्मेदवार भने निर्विरोध निर्वाचित भैसकेका छन् । खुल्ला र महिला कोटामा तीन/तीन जना उम्मेदवार निर्वाचित भएका हुन्।
निर्वाचनकाे मतगणना सम्भवतः ४ बजेबाट मतगणना शुरु गरिने जनाइएकाे छ ।