लागूऔषध नाइट्राजेपाम बिक्री गर्ने फार्मेसीबाट पक्राउ

Leaderboard Banner

काठमाडौँ, चिकित्सकको प्रेस्क्रिप्सनबिना नियन्त्रित मनोद्वीपक लागूऔषध नाइट्राजेपाम बिक्री गर्ने काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सन्देश फार्मेसीलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने ललितपुरको गोदावरी नगरपालिका–१३ का विश्वनाथ खत्रीलाई समेत पक्राउ गरेको छ ।

उक्त फार्मेसीबाट प्रहरीले नाइट्राजेपाम ८० ट्याब्लेट र खत्रीको साथबाट नाइट्राजेपाम ४१० ट्याब्लेट बरामद गरिएको जनाएको छ । -रासस

प्रकाशित : मङ्गलबार, माघ २३, २०७४१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

के हो राज योग?यसरि थाहा पाउनुस् तपाईको भाग्यमा राज योग छ या छैन!