सुशासन र पारदर्शिताकाे वकालत गर्दै अाएकाे विवेकशिलले बुझाएन खर्च विवरण

Leaderboard Banner

काठमाडाै । बाकेँमा विवेकशिल पार्टीका उम्मेदवारले अझै सम्म निर्वाचन खर्च विवरण  बुझाएका छैनन । प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन भएकाे दुर्इ महिना बितिसक्दा पनि उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका अनुसार प्रतिनिधिसभामा उम्मेदवारी दिएका ५ जना र प्रदेशसभामा उम्मेदवारी दिएका ७ जनाले  पनि खर्च विवरण नबुझाएका हुन । चुनाव परिणाम सार्वजनिक भएको ३५ दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार माघ ५ गते चुनाव परिणाम सार्वजनिक भएको ३५ दिन पुगेपछि अहिलेसम्म पनि खर्च विवरण नुबझाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

खर्च विवरण नबुझाउनेमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीका उम्मेदवारसमेत रहेका छन । जसले सुशासन र पारदर्शिताको वकालत गर्दै आएको छ ।

प्रकाशित : मङ्गलबार, माघ २३, २०७४१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुख्यमन्त्री छान्न माओवादीलाई सकस