भूतप्रेतकाे अस्तित्व हुदैन भन्दै सर्वाेच्चकाे अादेश

Leaderboard Banner

काठमाडाै । सर्वाेच्च अदालतले संसारमा कुनै पनि भूत प्रेत या बाेक्सी नहुने भन्दै यस विरूद् सरकारलार्इ ध्यानाकर्षण गराउने आदेश दिएकाे छ । पछिल्लाे समयमा धामी झार्कीले भूतप्रेत या प्रेतअात्माले मानिसहरूलार्इ सताउने भनेर फैलाइरहेकाे अन्धविश्वासका कारण समाजमा नकारात्मक असर परेकाे भन्दै सरकारलार्इ ध्यानाकर्षण गराएकाे हाे ।

 मंगलबार सर्वोच्चले फैसला  सार्वजनिक गर्दै संसारमा कुनै पनि किसिमकाे ‘बोक्साबोक्सी, भूतप्रेतकाे अस्तित्व नहुने र धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न नसकिने बताएकाे हाे । सर्वोच्चको फैसलामा भनिएको छ, ‘यो सन्देश सोझो रूपमा जनतासमक्ष पु‍र्‍याइनुपर्छ।’ याे एक अन्धविश्वास हाे । सर्वोच्चले बोक्सीको आरोपसँग जोडिएका आर्थिक, सामाजिक, न्यायिक एवं मानवाधिकारसम्बन्धी आयाम र कुप्रथाको अन्त्यका लागि रणनीतिसहितको विषय विद्यालयको पाठ्यक्रममै व्यवस्था गर्न र सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गराउन सरकारलाई आदेश दिएको छ। सर्वोच्चले बोक्सी आरोपमा मारिएकी महतोका नाबालक सन्तानको शिक्षा, स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि सरकारलाई आदेश दिएको छ।

बोक्साबोक्सी, भूतप्रेत र धामीझाँक्रीका कारण सामाजिक विभेद, बहिष्करण र वञ्चनाको स्थिति निम्तिएको भन्दै आर्थिक, सामाजिक र शैक्षिक रूपमा सीमान्तकृत वर्ग बढी प्रभावित भएको सर्वोच्चले जनाएको छ। घटनाक्रमबाट अक्सर बृद्ध, परित्यक्त, अशक्त महिला, रोग लागि जन्मेका र असमान्य रूपमा जन्मेका व्यक्ति बोक्साबोक्सीको मारमा पर्ने गरेको सर्वोच्चले औंल्याएको छ।

प्रकाशित : मङ्गलबार, माघ २३, २०७४११:२२
अर्को समाचार:

कुष्टराेगीकाे संङ्ख्या बर्षेनी बढ्दै