४० हजारघुस लिएको अभियोगमा पक्राउ

Leaderboard Banner

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाका आधारमा आज कारागार रोडको मुरली चिया पसलबाट उनलाई पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ । -रासस

प्रकाशित : सोमबार, माघ २२, २०७४१९:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

म्याग्दीमा भेटियो अनौठो गुफा, जहाँ देखिन्छ देवीदेवताको आकृति ?