भुत घरको वास्तविकता के हो ? क्यामेरामै कैद भयो झ्याल फुटेको दृश्य

Leaderboard Banner

काठमाडाै, ललितपुरकाे टिकाथलीमा  केही दिन अघिदेखी एउटा घरमा भुत या प्रेतअात्माले तर्साउदै अाएकाे भनि सामाजिक संजालमा भाइरल भइरहेकाे छ । विभिन्न मानिसहरूले यस घरकाे बारेमा नानाथरी धारणा व्यक्त गर्दै अाइरहेका छन ।

टिकाथलीमा रहेकाे अन्जना उपाध्यायको  घरमा गत एकमहिना देखि भूत प्रेतकाे त्रास सिर्जना गरीरहेकाे भन्दै उनको परिवार र त्यहाँ वरपरका स्थानियवासी त्रसित छन । तर वास्तविक रूपमा उक्त घरमा के भइरहेकाे छ भनेर यकिन गर्न सक्ने अवस्था भने छैन ।

परीवार स्राेतका अनुसार उपाध्ययकी अामाकाे मृत्यु भएकाे एक वर्षपछि घरमा भूतअात्माले तर्साउन थालेकाे हाे । घरमा सामान्य अवस्थामा बसिरहदा पनि अलाैकिक तरीकाले सिसा फुट्ने, चियाकाे कपहरू अाफै हावामा उड्ने  रहस्यमय अावाज सुनिने, र्इटाहरू हावामा उडेर अाउने, एक ठाउँकाे सामान अर्काे ठाँमा अाफै  पुग्ने जस्ता क्रियाकलापहरू भइरहेका छन । प्रेतअात्माले दिउसै तर्साउन थालेकाे भन्दै सामाजिक संजालमा भाइरल भएपछि वास्तविक रहस्य के रहेछ भनि हाम्राे बिगुल न्युज  टिम टिकाथलि पुगेकाे थियाे ।

प्रकाशित : सोमबार, माघ २२, २०७४१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

साझाद्वारा विकलांगका लागि बस