प्रदेश नं १मा प्रदेशसभा पहिलाे बैठक सुरू

Leaderboard Banner

काठमाडाै । प्रदेश नं १काे विराटनगरमा प्रदेश सभाकाे पहिलाे बैठक सुरू भएकाे छ । जेष्ठ सदस्य ओमप्रकाश सरावगीकाे अध्यक्षता बैठक दिउँसो करिब सवा १ बजेबाट शुरु भएको हाे ।

 बैठकको प्रारम्भमा सरावगीले प्रदेश प्रमुख गोविन्द सुब्बाले अधिवेशन आह्वान गरेकोसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसपछि शहीदका नाममा १ मिनेट मौनधारण गरी बैठक अघि बढेको छ ।

त्यसपछि दलीय आधारमा सांसदहरुले धारणा राखेका छन् ।

पूर्वका १४ जिल्ला रहेको प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकबाट गरी ९३ जना सांसद रहेका छन् ।

प्रकाशित : सोमबार, माघ २२, २०७४१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

धुर्मुस–सुन्तलीद्वारा निर्मित नमूना बस्ती हस्तान्तरण गरिने