अनमोलले ‘जानी नजानी’ यसरी माया लगाए अदितिलाई [भिडियो सहित]

Leaderboard Banner

काठमाडौँ, युवा स्टार अभिनेता अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को दोस्रो गित आज युट्युबमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको यस गीतको भिडियोमा अनमोल र अदितिको रोमान्टिक दृश्य देखाईएको छ। यो गीतको छायाँकन स्कटल्याण्डमा गरिएको हो।

सुरेन्द्र पौडेलद्वारा निर्देशित चलचित्रको निर्माता सुवास गिरी हुन् । यसै चलचित्रबाट नेपाली सिनेमामा डेब्यु गरेकी चर्चित मोडेल तथा नव-नायिका  अदिति बुढाथोकीसँग अनमोलले अनस्क्रिन रोमान्स गरेका छन् । अदिती नेपालकै चेली हुन्, उनि अहिले भारतमा आफ्नो करियर स्थापित गर्न मेहिनत गरिरहेकी छन्। उनि सोसियल मिडियामा भने अनमोलभन्दा निकै चर्चित छिन्।  यो चलचित्र माघ २६ गतेबाट देशैभरका हलहरुमार्फत रिलिज  हुँदैछ।

केहि दिन अघिमात्रै  यस गीतको भिडियो खिच्नको लागि १० जनाको टिम माघ १७ गते स्कटल्याण्ड गएका थिए । केहि दिन अघि अदितिले  स्कटल्याण्डमा खिचाएकी केहि तस्विरहरु इन्स्टाग्राममार्फत  सार्वजनिक गरेकी थिइन्। यस चलचित्रमा अनमोल केसी र नव-नायिका अदिती बुढाथोकीको साथमा कामेश्वर चौरासिया, अनुप विक्रम शाही, सरोज खनाल, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका रहने छ।

प्रकाशित : सोमबार, माघ २२, २०७४१६:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

घरमा चर्पी नबनाउनेलार्इ सरकारी सुविधाबाट वञ्चित गरीने