जनकपुरमा बैठक बसेकाे बेलामा विरगञ्जमा ताेडफाेड

Leaderboard Banner

वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै आइतबार वीरगन्ज बन्द गरिएको छ। राजधानीको माग राख्दै विगत डेढ महिना देखि निरन्तर रुपमा आन्दोलन गर्दै आइरहेको वीरगन्ज राजधानी संघर्ष समितिले आइतबार बन्दको आह्वान गरेको हो।

वीरगन्जको घण्टाघर, माइस्थान , मुर्ली , पावर हाउस चोक, लगायतका स्थानमा बिहानै देखि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले वीरगन्जमा बिहानै देखि लामो तथा छोटो दूरीका नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु चल्न समेत दिएका छैनन्।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले आदर्श नगर र घण्टार चोकमा दुई वटा नीजि गाडीमा तोडफोड गरेका छन । उता,अस्थायी राजधानी तोकिएको जनकपुरमा आइतबार बसेको प्रादेशीक संसदको पहिलो बैठकमा सहिदको फोटो नराखेको भन्दै सांसदहरुले नियामापत्ति जनाएपछि केहीबेर बैठक स्थगित भएको थियो ।

प्रकाशित : आइतबार, माघ २१, २०७४१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेशसभामा तिनथरी पोशाकः दौरासुरुवाल, सुटप्यान्टस र साडीचोलो