Connect with us

फेशन

‘आज फेरि जिउँने इच्छा छ, आज फेरि मर्ने इरादा छ…’

पाकिस्तानमा फेसन शो सामान्यतया: खुला ठाउँमा आयोजना गर्न रोक लगाइएको छ। यसका लागि त्यहाँ फेसन स्टुडियोहरु छन्, विशेष रुपमा डिजाइन गरिएको ठाउँहरु छन्। तपाई भन्न सक्नुहुन्छ कि फेसन शोको आयोजना बन्द ढोकाहरु भित्र मात्र हुने गर्दछ। तर अब पाकिस्तानको फेसन प्रवृतिमा परिवर्तन आएको देख्न सकिन्छ। नयाँ पिँढीका डिजाइनरहरु सडकमा फेसनेबल कपडा लगाउने कोसिस गरिरहेका छन्। उनीहरुमध्ये एक मोहसिन सईद पनि छन् जो हाल लाहौर शहरको पुरानो ईलाकास्थित सडकमा फेसन सुट गरेका छन्।

यी प्रश्नहरु धेरै मानिसहरुको दिमाग बारम्बार आउँछन कि आम पाकिस्तानी फेसन बारे के सोच्छन। मोहसिन सईद भन्छिन कि अधिकांस मानिसहरु कपडा लगाउनु नै फेसन मान्छन। तर वास्तविकता यो भन्दा बढी छ। उनको दृष्टिकोणबाट फेसन केबल स्वयमको प्रस्तुत गर्ने तरिका मात्र नभई एकअर्कालाई जोड्ने एउटा चिज पनि हो।

सार्वजनिक स्थलमा फेसन शो हुनु पाकिस्तानको लागि एक नयाँ दृष्टिकोण हो। मोहसिन सईद सार्वजनिक स्थानहरुमा फेसन शुट गर्दा ताका भएको केही रोचक पक्षहरुमा विशेष ध्यान दिन्छिन। उनी भन्छिन कि यसको सुरुवात १९ औँ शताब्दीमा भएको थियो जब फेसन सार्वजनिक ठाउँ र सडकमा उत्र्यो। उनी यो पनि भन्छिन कि यस मार्फत तपाई आफ्नो पर्यावरण, शहरका भवनहरु, आफ्नो संस्कृति र जीवनशैली जस्ता चिजहरूबारे दुनियालाई बताउँन सक्नुहुन्छ।

के पहिलो पटक पाकिस्तानमा सार्वजनिक स्थानहरुमा फेसन शुट भएको हो ? यस प्रश्नको जवाफमा मोहसिन भन्छिन कि यस्तो हैन। विगतमा फेसन शो र शुट सार्वजनिक स्थलहरुमा हुने गर्थे, तर यो एक पुरानो कुरा हो , अहिले धेरै चिजहरु परिवर्तन भएको छ। उनी भन्छिन, ” त्यस समयमा मानिसहरुको मनोवृति धेरै सकारात्मक थियो र मानिसहरुले सहयोग पनि गर्थे। तर समयको साथ-साथै देशमा धार्मिक सम्प्रदायको नाममा देशमा चरमपन्थ बढेको छ।

“त्यस कारणले गर्दा मानिसहरुले सार्वजनिक ठाउँहरुमा हुने फेसन शुटमा हस्तक्षेप गर्न थाले। “छ वर्षअघि कराचीको एक फेसन शुटको क्रममा एक व्यक्तिले रिसले मलाई भने यसलाई रोक्नुहोस। “मोहसिन सईद त्यस व्यहारमा आश्चर्यचकित परेका थिए तर उनलाई लाग्यो कि जे भए पनि आउटडोर फेसन शो जारी रहन्छ।

लाहौर शहरको जुन पुरानो ईलाकामा यस फेसन शुटको आयोजना गरिएको छ, पुराना ऐतिहासिक महत्वले भरिपुर्ण भवनहरु छन्, ईतिहासको भागहरु छन् र एक अलग कुरा छ। मोहसिन सईदले आफ्नो अनुभव सुनाउदै भनिन कि पाकिस्तानमा सार्वजनिक स्थानहरुमा महिलाहरुको उपस्थिति उनीहरुको जनसंख्याको तुलना निकै कम छ।

सायद उनको अनुभव वास्तविकतामा समेत मेल खान सक्छ। उनमा आशा छ कि यस्तो फेसन शुट महिलाहरुको सार्वजनिक स्थानमा आफ्नो उपस्थिति गर्नका लागि प्रोत्साहित गर्नेछन्।

मोहसिन सईदले बताए कि लाहौरमा यस फेसन शुटको समयमा धेरै मानिसहरु हेर्न भेला भए। तिनीहरु फोटो खिच्न थाले, भिडियो बनाउन थाले, तर कोही नजिक आएनन र कसैले पनि शुटिंगमा हस्तक्षेप गर्ने कोसिस गरेनन।

उनी भन्छिन कि यस फेसन शुटको मूल उद्देश्य मानिसहरुलाई यस विषयमा आदत बनाउने हो ताकि कोही महिला तयार भएर यस्तो स्थलहरुमा आउन सकुन। यस प्रकारका सकारात्मक प्रयासहरु नियमित रुपमा हुनु पर्छ। बिस्तारै-बिस्तारै मानिसहरुले यस बारे आफ्नो धारणा परिवर्तन गर्दै लैजान्छन, र तिनीहरु यसलाई सामान्य दृष्टिकोणबाट बुझ्न सुरु गर्छन।

उनी भन्छिन, ‘ म एक्लैले यो परिवर्तन गर्न सक्दिन। दोस्रो व्यक्तिहरु पनि बन्द ढोकाबाट बाहिर आउनुहोस र सार्वजनिक स्थलमा फेसन शो तथा शुटको आयोजना गर्नुहोस। यसले केबल महिलाहरूमा सुरक्षाको भावना मात्र सिर्जना गर्नेछैन, अझ यसले विश्वको लागि परिवर्तनको सन्देश दिनेछ।

पाकिस्तानी फेसन डिजाइनरहरुका अनुसार मुलुकमा धार्मिक सम्प्रदायको नाममा कट्टरपन्थीहरु बढ्दै गए पनि धेरै मानिसहरु यस किसिमको फेसन पनि मन पराउछन। तर तिनीहरुले यसलाई खुला रुपमा व्यक्त गर्न सक्दैनन्।

मोहसिन सईदले भने कि यो फेसन शोको सन्देशलाई बलिउडको प्रसिद्द प्रसिद्ध गीत, ‘आज फिर जीने की तमन्ना है, आज फिर मरने का इरादा है…’ बाट बुझ्न सकिन्छ।

उनी भन्छिन, “जब सम्म हामी आफैले केही गर्दैनौं र अरुलाई प्रोत्साहित गर्दैनौं , त्यहाँ कुनै परिवर्तन आउने छैन, न त मानिसहरुलाई यस बारे आदत पर्छ र न त महिलाहरु खुल्ला आकाशको मुनि स्वतन्त्र भई सार्वजनिक स्थलहरुमा आफ्नो उपस्थिति गर्न सक्षम हुनेछन। ”

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!