कारबाहीमा २५ आतङ्ककारी मारिए

Leaderboard Banner

मैमान, अफगानिस्तान, २० माघ । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बल गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन् ।

गत २४ घण्टायता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिनुभएको छ । यस कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन् ।

यस इलाकामा शान्ति नभएसम्म तालिवानविरुद्ध सुरक्षा कारबाही जारी रहने प्रहरी प्रवक्तले जानकारी दिनुभएको छ । तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।

प्रकाशित : शनिबार, माघ २०, २०७४१६:१३
अर्को समाचार:

अमेरिका र दक्षिण कोरियाली राष्ट्रपतिबीच फोनवार्ता, चर्चा यस विषयको