किन आउँदैछन् दीपिका पादुकोण र इरफान खान नेपाल : यस्तो छ कारण

Leaderboard Banner

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता इरफान खान तीन वर्षपछि एकैसाथ देखिने भएका छन्। विशाल भारद्धाले निम्न गर्न लागेको फिल्ममा यी दुईको जोडीसँगै देखिन लागेको हुन्।

अहिले सम्म नाम नाजुराइएको फिल्मलाई भारद्धाज, टी सिरिज र कृ एरेज इन्टरटेनमेन्टले सयुक्त रुपमा निर्माण गर्न लागेको यो फिल्म मार्च महिनादेखि छायांकनमा जाने बताईएको छ। यस फिल्मलाई हनी तेरहानले निर्देशन गर्ने भएका छन् । फिल्मको अहिले प्रिप्रोडक्सन भैरहेको निर्माण युनिटले जानेको छ। फिल्मको छायाँकन आगामी मार्च ५ अर्थात् (फागुन २१) मा नेपालबाट सुरु हुँदैछ ।

माफिया रानी नामले चिनिने सपना दिदी अर्थात राहिम खानको जीवनमाथि सिनेमा बन्न लागेको हो । हुसेन जैदीको पुस्तक क्वीन्स अफ मुम्बईबाट फिल्म एडप्ट गर्न लागिएको हो । फिल्म बायोपिक नभएको जनाइएको छ ।

बदलाको कथा समेटिएको फिक्सनल थ्रीलर भएको उल्लेख छ । रोचक कुरा त, सलमान खान नेपाली आउनु तीन दिनअघि दीपिका आउन लागेकी हुन् ।

प्रकाशित : शुक्रबार, माघ १९, २०७४१६:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विवाहित अनुष्का शर्मालाई अचानक के भयो ?, तस्वीर देखेर अवश्य डराउनुहुनेछ !