स्वराजकाे नेपाल भ्रमण वर्तमान राजनिति अनुकुल भएन : नारायणकाजी श्रेष्ठ

Leaderboard Banner

काठमाडाै ।  दुर्इ दिने राजनितिक भ्रमणका लागी नेपालमा रहेकी भारतिय विदेश मन्त्री सुष्मा स्वराजकाे नेपाल भ्रमण वर्तमान राजनिति अनुकुल नभएकाे भन्दै   माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  टिप्पणी गरेका छन ।

बिहिबार अपराह्न नेपाल अाएकी स्वराजकाे भ्रमण सामान्य भएपनि समय कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल नभएको टिप्प्पणी गरेका हुन ।

शुक्रबार बिहान सामाजिक संजाल ट्वीटरमार्फत उनले विदेश मन्त्री स्वराजको भ्रमणबारे सो  टिप्पणी गरेका हुन्।  ‘सुष्मा स्वराजको नेपाल भ्रमण सामान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकूल छैन्,ट्वीटरमार्फत उनले भनेका छन्,‘तर उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’

उनले भनेका छन, ‘हामीले आफ्नो प्रतिष्ठा कायम गरी राष्ट्रिय स्वार्थमा केन्द्रीत हुनुपर्छ।’

प्रकाशित : शुक्रबार, माघ १९, २०७४११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तीन महिनादेखि शिक्षकले तलब पाएनन्