सामुहिक बलात्कार परेको भन्दै प्रहरीमा उजुरी दिएकी युवतीले एकाएक बयान फेरेपछि…

Leaderboard Banner

काठमाडौँ । केहि दिन पहिले काठमाडौंको एक होटलमा आफु सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीमा उजुरी दिएकी एक युवतीले एकाएक बयान फेरेकी छिन्।

गत शुक्रबार राति काठमाडौँको दरवारमार्गस्थित ल्याण्डमार्क होटलमा आफू बलात्कृत भएको भन्दै शनिबार बिहान दरबारमार्ग प्रहरी वृतमा मौखिक उजुरी दिएकी ति युवती सम्पर्कविहिन भएकी थिइन् । प्रहरीमा जाहेरी दिएर सम्पर्कविहिन भएकी युवती  फेरी ४ दिनपछि बुधबार साँझ काठमाडौं प्रहरी परिसरमा उपस्थित भएर आफू सामूहिक बलात्कारमा परेको नभई सहमतिमै शारीरिक सम्पर्क भएको बयान दिएकी हुन् ।

बलात्कारको घटना छानबिन गर्न बनेको समितिसँग भएको छलफलमा उनले आफूले रामेछापका एक कार्की साथीसँग आफुखुशी नै  शारीरिक सम्बन्ध राखेको बताईन् । युवती सम्पर्कमा आएको र उनले बयान पनि फेरेको हुँदा घटना संकाको घेरामा रहेकोले अहिले अनुसन्धान भैरहेको काठमाडौं प्रहरीका एसपी रामदत्त जोशीले जनाएका छन् । प्रहरीका अनुसार उनी दवाबमा आएर आफ्नो बयान फेरको हुन सक्ने अनुमान गरिएको छ । आफैले म सामुहिक बलात्कारमा परें भन्दै प्रहरीमा आएकी युवतीले ‘म कसैको दबाबमा बयान परिवर्तन गरेकी त होइनौं ‘ भन्दा उनी कसैको बहकाउमा आएर यस्तो गरेकी हुनकी भन्ने प्रश्न उब्जिएको छ, एसपी जोशीले भने।

प्रहरीले यस विषयमा अनुसन्धान गर्न उनलाई नै जिम्मा दिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले यस घटनामा छिटोभन्दा छिटो अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई निर्देशन दिएका थिए। घटनापछि दरबारमार्ग प्रहरी वृतका डिएसपीलाई जिल्लामा तानिएको छ भने प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई नियन्त्रणमा लिइएको छ।

अहिले यी युवतीले बयान एकाएक फेरेपछी घटनामा संलग्नहरुसँग ३० लाख लिएर युवती र प्रहरीले मिलापत्र गराएको हुन सक्ने आसंका गरिएको छ।

प्रकाशित : बिहिबार, माघ १८, २०७४१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्राधिकरणले आजदेखि सञ्चालनमा ल्यायो दोस्रो पुस्ताको राडार