प्रदेश ३ को पहिलो बैठक आज बस्दै

Leaderboard Banner

काठमाडाै । प्रदेश नं ३काे पहिलाे प्रदेशसभा बैठक अाज हेटाैडाँमा सुरू भएकाे छ । प्रदेश ३३  नं प्रदेशकाे  राजधानी हेटौंडा स्थित  क्षेत्रीय शिक्षा निर्देशनालयमा भइरहेकाे अधिवेशनमा  अन्तगतका सबै (१३) जिल्लाका प्रदेश सांसद् अधिवेशनमा सहभागी हुनेछन् ।

सात प्रदेशमध्ये प्रदेश ३ को अधिवेशन सबैभन्दा पहिले हुन लागेकोले बैठक हेर्न उपस्थित मानिसहरू र  सञ्चारकर्मी लगायतको उपस्थितिले प्रदेशसभा स्थल वरपर निकै चहलपहल छ ।बुधबार  बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको छ  । कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ।

कार्यसूचीअनुसार सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले बैठकमा मन्तव्य प्रस्तुत गर्ने छन् । दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित हुनेछ । त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि (२०७४ को दफा ९६० को उपदफा–१) अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।

प्रथम प्रदेशसभा बैठकका लागि प्रदेशसभा सचिवालय रहेको क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सिँगारिएको छ। प्रदेशसभा सांसदका लागि १ सय १० वटा रातो रंगको कुर्सी व्यवस्था गरिएको छ। सभामुखको ड्याससँगै विशिष्ट व्यक्ति र पत्रकारलाई बस्ने छुट्टै स्थानको पनि व्यवस्था गरिएको छ।प्रदेश ३ का प्रमुख सचिव रेश्मीराज पाण्डेले का अनुसार पहिलो प्रदेशसभा बैठक भएकाले अरू प्रदेशका लागि पनि उदाहरण बन्ने गरी हामीले तयारी गरीएकाे बताइएकाे छ ।

प्रकाशित : बिहिबार, माघ १८, २०७४११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गाउँपालिका अध्यक्षले दुईवटा नागरिकता लिए : मृत्यु भएका भाईको नामबाट दास्रो नागरिकता