ट्रक दुर्घटना हुँदा २० वटा गरु मरे

Leaderboard Banner

काठमाडौँ । सप्तरीबाट गरु बोकेर मोरङतर्फ लैजाँदै गरेको ट्रक दुर्घटनाग्रस्त भएको छ।  बुधबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  सप्तरी  जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरु मरेका छन् ।

सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको थियो । ट्रकमा रहेका २० वटा गोरु मरेको र त्यहाँ कुनै पनि मानवीय क्षती भने नभएको इलाका प्रहरी कार्यालय भारदहले बताएको छ   ।

प्रकाशित : बिहिबार, माघ १८, २०७४१०:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश ३ को पहिलो बैठक आज बस्दै