प्रधानन्यायाधीश माथि अनुसन्धान सुरु

Leaderboard Banner

काठमाडाै । प्रधानन्यायाधिश  पराजुलीले ज्यानमार्ने धम्की  दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालयमा  निवेदन दिएपछि पराजुली प्रहरीले अनुसन्धान सुरू गरेकाे छ ।

डा. गाेविन्द केसीकाे मुद्धामा  गाेपाल पराजुलीले अाफुलार्इ ज्यान मार्ने धम्की दिदै अाएकाले  शुरक्षाकाे माग गर्दै  भण्डारीले बुधबार  बिहान  निवेदन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले लग्गतै घटनाबारे  छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई  खबर गरेकाे थियाे । प्रमुख जिल्ला अधिकारी का अनुसार ‘यो ठूलो केस भएकाले सुरक्षा थेट हो कि होइन, भन्नेमा यकिन गर्न महानगरीय प्रहरीले अनुसन्धान गरीरहेका छन । अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गरेका छन् र कल डिटेल मगाउन माग गरेका छन् ।

प्रकाशित : बुधबार, माघ १७, २०७४१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानमन्त्री देउवाले दिए आफ्नो पार्टी पङ्ग्तिलाई यस्तो निर्देशन !