चार दिनदेखि बस्नेत बेपत्ता !

Leaderboard Banner

इलाम । सूर्याेदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् ।

नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताउनुभयो ।

धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले सोमबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

प्रकाशित : मङ्गलबार, माघ १६, २०७४१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उडिरहेको विमानको इन्जिन फेल भएपछी पाइलटले गरे सडकमै ल्याण्ड !