सीआइबीद्वारा २०अवैध विदेशी डाक्टर पक्राउ

Leaderboard Banner

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ।

नेपाल मेडिकल काउन्सिलको सहकार्य बिना नै काम गरीरहेका अवैध डाक्टर पक्राउ गरेको सीआइबीले पक्राउ गरेको हो। अबैध डाक्टर पक्राउको बिषय सीआइबीले गरेको अप्रेशन जारी राखेकाले अन्य थप विवरणहरु समेत आउन बाँकी रहेकोले सीआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्की बताएका छन् ।

नेपालमा विदेशी डाक्टरले काम गर्न काउन्सिलको अनुमति लिनुपर्ने हुन्छ। त्यसका लागि पनि यहाँ नभएको विशेषज्ञलाई काउन्सिलले अनुमति दिने गर्छ। त्यसरी अनुमति लिएकाहरुले दुर्गम ठाउँमा पनि गएर काम गर्नुपर्ने हुन्छ। पछिल्लो समय काठमाडौ उपत्यकाभित्रै अनुमति नलिई काम गरेको सूचनाका आधारमा उनीहरुलाई सीआइबीले पक्राउ गरेको हो।

प्रकाशित : सोमबार, माघ १५, २०७४१९:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यसरि १७ नक्कली चिकित्सक र सञ्चालक परे पक्राउ…