एमाले–माओवादीका शीर्ष नेताहरूको बैठक: प्रदेश सरकारबारे भयो यस्तो सहमति

Leaderboard Banner

काठमाडौं । अहिले नेकपा एमाले र माओबादी केन्द्रका शिर्ष नेताहरुको बैठक बसिरहेको छ। देशको पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेश सभाको सरकार र अन्य विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित कार्यदलको बैठक अहिले बसिरहेको हो।

सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रदेश सरकार गठनका विषयमा छलफल हुने एक नेताले हामीलाई जानकारी दिए।  दुई पार्टी को स्पष्ट बहुमत पुग्ने ६ वटा प्रदेश मध्ये ४ वटामा एमाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने र २ वटा  मा माओबादी केन्द्रको नेतृत्वमा गठन गर्ने सहमति भएको छ।

त्यसैगरी प्रदेशका सभामुखहरूको हकमा माओवादीलाई चार र एमालेले दुई वटा मात्र लिनेबारे यस पहिले नै संयुक्त कार्यदलको बैठकमा सहमति भैसकेको अवस्था छ ।

प्रकाशित : सोमबार, माघ १५, २०७४११:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दल र प्रदेश सांसदलार्इ माघ मसान्तभित्रमा खर्च बुझाउन आयोगको ताकेता