मुख्यमन्त्रीकाे टुङगाे लगाउन वाम कार्यदलको बैठक

Leaderboard Banner

काठमाडाै । ६ प्रदेशमा बहुमत ल्याएकाे वामगठबन्धनले मुख्यमन्त्री र सभामुखकाे अाज टुङगाे लगाउने भएकाे छ । अाज दिउशाे ३ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले ६ मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउने भएकाे हाे ।

कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको बताइएकाे हाे  । प्रदेश र प्रतिनिधि सभा चुनावमा गठबन्धन बनाएर लडेका एमाले र माओवादीसँग ६ प्रदेशमा बहुमत छ भने एमालेकाे प्रदेश १ र ३ मा  एक्लैको बहुमत छ । त्यस्तै  ४, ५,६ र ७ मा दुई पार्टीकाे सयुक्त  बहुमत छ । ६ मध्ये एमालेले ४ र माओवादीले २ प्रदेशको मुख्यमन्त्री पाउने गरी छलफल भइरहेको नेता प्रदीप ज्ञवालीले बताए।

प्रदेश सरकारको मन्त्रिपरिषदमा पनि ६०/४० को अनुपातमा दुवै दलको प्रतिनिधित्व हुनुपर्ने माओवादीको प्रस्ताव छ । यी सबै विषयमा छलफल गरेर सहमतिमा टुंगो लगाइने जनाइएकाे छ ।

प्रकाशित : आइतबार, माघ १४, २०७४११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

५० किलो चरेशसहित पक्राउ