राष्ट्रियसभा चुनावका उम्मेदवारको नामावली सार्वजनिक

Leaderboard Banner

काठमाडाै । अागामी माघ २४ मा हुन लागेकाे निर्वाचनका लागी दर्ता भएका उम्मेदवारकाे नामावली अायाेगले अाज सार्वजनिक गर्ने भएकाे छ ।

गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको  निर्वाचन आयोगले  उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको थियाे ।  त्यसको छानबिन सकेलगत्तै अायाेगले नामावली प्रकाशन गर्न लागेको हो । ५९ सदस्यका लागि हुन लागेको चुनावमा ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको अायाेगले जनाएकाे छ ।उम्मेदवारी खारेज हुनेमा वाम गठबन्धनको तर्फबाट प्रदेश ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका रामबहादुर थापा परेका छन । निर्वाचन निर्देशिका अनुसार थापाले अपांग परिचयपत्र नलिएको भन्दै उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी गरेका थिए । छानबिनबाट आरोप प्रमाणित भएपछि आयोगले खारेजीको निर्णय लिएको हो ।

अायाेगले अाइतबार देखि साेमबार दिउशाे सम्मलार्इ र्इच्छुक उम्मेदवारलार्इ उम्मेदवारी फिर्ता लिन सक्ने जनाएकाे छ । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । अन्तिम नामावली प्रकाशनपछि सोमबार नै उम्मेदवारलाई चुनाव चिहृन वितरण गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित : आइतबार, माघ १४, २०७४११:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुख्यमन्त्रीकाे टुङगाे लगाउन वाम कार्यदलको बैठक