दोहरो भिडन्तमा “टिके डाँका” घाइते

Leaderboard Banner

गत माघ ४ गते डिल्लीबजार जेलबाट भागेका ‘टिके’ भनिने टीका थापामगरलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। मगर भरतपुर महानगरपालिका-१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडी जाँच गर्ने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालाय चितवनका प्रमुख प्रहरी उपरिक्षक दीपक थापाले बताए।

दोरम्बा घर भएका २९ वर्षिय टीका र उनी सवार मोटरसाईकलका अर्का व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले गरेको जवाफी फाइरिङमा उनलाई हातमा र तिघ्रामा गोली लागेको थियो। प्रहरीले ६ राउन्ड गोली चलाएको थियो। प्रहरीले चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाएको छ।

फरार अभियुक्त आउँदै गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीसँग साँझ ५ः१० बजे मुठभेड भएको थापाले बताए । थापामगरको साथबाट एक थान कटुवा पेस्तोल र खुकुरी बरामद भएको  छ । उनी लुटपाट र चोरी डकैतीका दर्जनौँ मुद्दामा कारागार परेका थिए ।

* सच्याइएको
प्रहरीले दिएको जानकारीअनुसार उनको मृत्यु भएको बताइए पनि उनको उपचार भइरहेको चितवन प्रहरीले जनाएकोले सच्याइएको छ ।

प्रकाशित : शनिबार, माघ १३, २०७४१८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फरार अभियुक्त थापालाई गोली हानी पक्राउ