नेप्से १० अंकले बढ्यो

Leaderboard Banner

काठमाडाै । शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै १० अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको शेयरबजार बजार बन्द हुँदा ९ दशमलव ८ अंकले बढेर १४ सय ४ दशमलव ५३ विन्दुमा पुगेको हो ।

बिहीबार हिजोभन्दा २ करोड रुपैयाँ बढी अर्थात २८ करोड २२ लाखभन्दा धेरैको कारोबार भएको दिन बिहीबार सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर १ करोड ८१ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।  बिहीबार सबैभन्दा धेरै बिमा ८९ अंकले बढेको छ ।

बजार बढेपनि विकास बैंक र अन्य समुह भने बिहीबार घटेका छन् । त्यस्तै  बैंक समुह ३ र अन्य समुह भने साढे १ अंकले घटेको छ । तर शेयर बजार उत्पादन समुह साढे ३०, होटल २७ भन्दा बढी र लघुवित्त २७ भन्दा धेरै अंकले बढेको हो ।

प्रकाशित : बिहिबार, माघ ११, २०७४१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ताप्लेजुङमा हिमपात सुरु (फोटोफिचरसहित )