नयाँ नेपाल निर्माण गर्ने नेताज्यु छड्के सलाम तिमीलाई । गजल

Leaderboard Banner
स्रष्टा - बिन्दुमाया माेक्तान/ ललितपुर
स्रष्टा – बिन्दुमाया माेक्तान/ ललितपुर

गजल

बिकास,सुधार छैन खाली कुर्सीमा मात्र बस्ने काम तिमीलाई |
नयाँ नेपाल निर्माण गर्ने नेताज्यु छड्के सलाम तिमीलाई ||

अधिकार  पाए पनि थाहा  छैन  हेर  गरिब  जनतालाई |
केहि काममा उपस्थित नभए नि राम्रै दिन्छ दाम तिमीलाई||

जताततै आफु खुशी खर्च गरिकन भ्रष्ट्राचारमा पनि लागे |
अरबौ जनताको कुरा नसुन्ने  भ्रष्ट्राचारी नयाँ नाम तिमीलाई ||

बिकास,सुधार केहि गर्न नसकेनी मिठो भाषण छाड्ने गर्छौ |
केहि नभएनि बिनाकामको दिन्छौ हामि खालि खाम तिमीलाई ||

मिठो भाषण जस्तै गरि मिठो रासन मात्र  खान खोज्ने नेता |
केहि दिन नसकेनी दिन्छौ हामी पाउरोटी र जाम तिमीलाई ||

प्रकाशित : बिहिबार, माघ ११, २०७४१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्वास्नी मान्छेको जीउ !!!