गुण्डा नाइके ‘चक्रे मिलन’ले पाए विशेष अदालतबाट सफाई

Leaderboard Banner

काठमाडौं :  गुण्डा नाइके ‘चक्रे मिलन’ भनिने मिलन गुरुङले अबैध स्रोत नखुलेको सम्पति राखेको भन्ने मुद्धामा विशेष अदालतबाट सफाई पाएका छन्।

गुरुङ स्रोत नखुलेको अवैध सम्पत्ति राखेको दाबीसहित सम्पत्ति शुद्धिकरणको मुद्दा खेपेका गुरुङले बुधबार विशेष अदालतबाट सफाई पाएका हुन् । वर्ष २०७० साल जेठ ५ गते गुरुङ र उनकी पत्नी इन्दिरा घलेले स्रोत नखुलेको अवैध सम्पत्ति राखेको दाबी गर्दै सम्पत्ति शुुद्धिकरण अनुसन्धान विभागद्वारा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्धामा उनले आज सफाई पाएका हुन्।

यी दम्पतीले ७ करोड ८ लाख १७ हजार दुई सय ६६ रुपैयाँ ४१ पैसा अवैध रुपमा लुकाएर राखेको दावी गर्दै चक्रेलाई विभागले जेल सजायसहित जरिवाना र बिगो जफत मागसहित अदालतमा मुद्दा चलाएको थियो । विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार विभागको दाबी पुष्टि हुने आधार नरहेको भन्दै न्यायाधीश रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चक्रे मिलनका दम्पत्तिलाई सफाई दिएको बताए ।

चक्रेसँगै सम्पत्ति शुद्धिकरणकै मुद्धा खेपेका अर्का गुण्डा नाइके दीपक मनांगेले भने यसअघि नै विशेष अदालतबाट सफाई पाईसकेका थिए ।

प्रकाशित : बुधबार, माघ १०, २०७४१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कोमल वलीसहित प्रदेश ५ बाट राष्ट्रियसभामा ३ जना निर्विरोध