युवा अाकर्षण बन्दै पाेते व्यवसाय

Leaderboard Banner

-बिन्दुमाया मुक्तान
आफ्नै देशमा बसेर केहि गर्ने युवाहरुको जनसंख्या धेरै न्यून छ । गाउँमा हेर्ने हो भने उमेरले वृदवृदा बाहेक युवा तन्नेरीहरुको जनसंख्या धेरै कम देखिन्छ । प्राय युवापुस्ताको आकर्षण भनेकै विदेश पलायन हुनु हाे । गाउँघरमा  जस्तो सुकै परिस्थिति आएपनि आफ्नै देशमा गरेर देखाउछु भन्ने युवायुवतीहरुकाे अभाव हुनथालेकाे छ जसले युवाकाे विदेश अाकर्षणलार्इ झन टेवा पुर्याइरहेकाे छ  । पछिल्लाे समयमा अधिकांस युवावर्ग विदेशी भुमीमा पसिना  बगाइरहेका छन ।  नेपालमा काम गरी खाने संङख्या अब  सरकारी जागिर गरेर बसेका युवामा मात्र सिमित हुन थालेकाे छ । थाेरै मात्र यस्ता युवा छन जाे नेपालमा नै केही गनुपर्छ है भन्ने साेच राख्छन ।  काठमाडौं स्थित असन इन्द्रचोकमा आफ्नो काकाको पसलमा बसेर काम गर्ने युवा हुन् अयुब हसन । काठमाडौ स्थित सामाखुसीमा घर भएका हसनको आमा,बुवा,बहिनि,श्रीमती र एक छोरी छन । उमेरले २४ वर्षको हसन ८ कक्षासम्म पढेर पोते बुन्ने पेशामा संङलग्न भए । अहिले उनकाे दिनचर्या असनमै पाेते बुनेर चलिरहेकाे छ ।  हसनका अनुसार  उनी स्कुल पढ्दा पढार्इमा त्यति ध्यान दिदैनथे । उनलार्इ पढ्नु भन्दा पनि काम गर्नमै रमाइलाे लाग्थ्याे ।

पढार्इ प्रति त्यति साराे  इच्छानभएपछि उनले ८ कक्षा पढ्दापढ्दै स्कुल छाडे । उनी भन्छनः आफ्नो मनै देखि इच्छा लागेको काम पाए हुन्थ्यो भन्ने चाहनाले यहाँ पुर्यायो, अयुबले पोते पेशा क्षेत्रमा काम थाल्दाकाे  कथा सुनाए। बिगत  ७ वर्षदेखि याे पेशा अङ्गाल्दै आएका छन । हुनत उनका अामाबुवाले पनि यहि पेशा गर्ने भएकाले उनका लागी पुख्याैली पेशा हाे । सानाेमा स्कुल छाडेर अामाबुवाकाे पेशालार्इ सम्हाल्दा जेभएपनि छाेराले घर धान्ने भयाे भनेर   आमाबुवा पनि खुशी भएको उनले सुनाए । हसनले अरुले गरेको हेरेरै नै पोते बनाउने काम सिके |उनि भन्छन” आफुमा भित्रै देखि सिक्ने मन हुनु पर्छ जे काम पनि गर्न सकिन्छ ।  जति सिक्दै गयो त्यति सिक्दै जाने हो,सबै भन्दा बढी मेहनत र लगानी चाहिन्छ ।”काठमाडौँको मुटु मानिने  असन इन्द्रचोकमा विभिन्न  जिल्लाबाट ग्राहकहरु बढी आउने भएकाले व्यापार राम्राे भएकाे उनले बताए ।

“उनकाे पसलमा जापनीज पोते ,चाइनिज पोते ,योरोपियन पोते अादी विभिन्न खालका पाेते पाइने उनले जनाए । पाेतेहरूमा सबैभन्दा  राम्रो र महँगो जापनिज पोते  हो । उनले थपे, चाइनिज पोतेबाट बढी फाइदा  हुदैन चाइनिज  पोते बिक्रि गर्दा ग्राहकहरु रिसाउछन त्यसैले सकेसम्म युरोपियन र जापनिज पोतेहरु बिक्रि गरिन्छ । पोतेको मूल्य चिज हेरेर हुन्छ कुनै पनि कम्पनीको पोते होस् एक मूल्य एक चिज हुदैन ग्राहकहरुले थरीथरीको सुन ल्याउछ ।अहिले माइलो तिलहरी चलिरहेको छ । माइलो तिलहरीमा कति ठुलो तिलहरी ल्याएर कति पोते गयो त्यसमा भर पर्छ ।एउटा साधारण तिलहरीमा चाइनिज पोते राख्यो भने सात सय देखि अाठ सय सम्म पर्ने गर्दछ भने  जापानिज त्यसको ठ्याक्कै  दाेब्बर पर्दछ ।

बिशेष गरि हिन्दु नारीहरुको महान चाड तीजमा  पोतेको सबभन्दा बढी ब्यापार हुने गर्दछ ।हुन त बिहे हुने महिनामा पनि  पाेतेकाे राम्राे व्यापार हुने उनले बताए । याे भन्दा बाहेक  दसैँ र तिहारमा पनि पाेतेकाे राम्रै माग हुने गरेकाे छ  । कमार्इकाे कुरा गर्दा  सिजनअनुसार मासिक २५% आम्दानि हुने उनले बताए | उनि भन्छन “सबभन्दा बढी बिक्री हुने लगनको पोते,छड्के तिलहरी र छड्के तिलाहरि सबभन्दा कम गुणस्तर भएकाे १ हजार मूल्य भन्दा तल हुन्छ भने त्यो भन्दा बढी गुणस्तरकाे पाेतेकाे मोटाई हेरेरपाँच हजार भन्दा माथि हुने बताए ।

उनको याे  पुर्ख्यौली पेशा हाे ,जसले परीवार धान्दै अाएकाे छ  ।उनी भन्छन म यसैमा सन्तुष्ट छु । उनी  काम सानो ठुलो हुदैन,काम गर्न लजाउनु वा अरुको ठग्नु पनि हुदैन भन्ने मान्यता राख्छन । उनले भने, राम्रै कामकाे मूल्य अाउने हाे ।  उनका लागी पाेते पेशा सजिलाे व्यवसाय हाे जुन सबैले गर्न सक्छ ।  अयुव भन्छन “अहिलेको युवापुस्ता जब सम्म अाफनै देशमा केहि गरीखानु पर्छ भन्ने भावना जागृत हुदैन तबसम्म  देश अात्मनिर्भर बन्न सक्दैन ।  सधै राजनितिक दलका नेतालार्इ मात्र कुरेर बस्नु जनता अाफैका गल्ती रहेकाे स्वीकार्छन उनी ।

पोतेकै पेशामा संलग्न अर्का व्यक्ति हुन्  सलिम उद्दीन । उनले पनि विगत केही वर्ष देखि असनमा काम गर्दै अाएका छन । ठमेल  घर भएका सलिमको परीवारमा  आमाबुवा,भाइबहिनि छन । उमेरले २३ वर्ष पुगेका सलिमले  १० कक्षासम्म पढेर पोते पेशमा संलग्न भए ।  १० पढ्दा पढ्दै पोते पेशाको आकर्षणले पढाईलाई थाति राखेर  काम सिके । पुर्ख्यौली पेशा भएकोले उनले बिगत लामो समय देखि यो पेशा अंगाले। यो पेशा बाट दाम र इज्जत पाएको देख्दा उनको आमाबुवा पनि खुशी भएको उनले सुनाए । उनि भन्छन “आमा बुवाले गरेको हेरेर नै पोते बनाउने काम सिके । “सबै भन्दा बढी मेहनत चाहिन्छ ।”असनमा उनकाे  आफ्नै पसल भएकोले  पसलको भाडा  तिर्नु नपर्ने र धेरै सजिलो भएको उनले बताए ।

उनीहरू त प्रतिनिधि पात्र मात्र हुन । पछिल्लाे समयमा विदेशमा गएर  श्रम गर्नु भन्दा नेपालमै अाफनाे व्यवसाय गरीरहेका मानिसहरूकाे संख्या बढदै गइरहेकाे छ । नेपालमा पनि यस्ता थुप्रै अवसर हरू छन जसबाट देशलार्इ समृदीकाे बाटाे तिर लैजान सहयाेग गर्दछ ।  शिक्षित र दक्ष जनशक्ति सबै विदेशिनु नेपाल विकाशमा पछि पर्नुकाे मुख्य कारक मानिन्छ । यदी सबै  युवाले नेपालमै केही न केही पेशा अपनाएर बसे भने साचिक्कै देशलार्इ समृदीकाे बाटाे तिर अभिप्रेरित गर्न सकिन्थ्याे कि ?

प्रकाशित : बुधबार, माघ १०, २०७४१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुण्डा नाइके ‘चक्रे मिलन’ले पाए विशेष अदालतबाट सफाई