विवेकशील साझा र नयाँ शक्ति पार्टीले काँग्रेससँग तालमेल गर्ने

Leaderboard Banner

काठमाडौं । आगामी राष्ट्रिय सभाको निर्वाचनमा  विवेकशील साझा पार्टी र नयाँ शक्ति पार्टी नेपालले नेपाली कांग्रेसलाई सघाउने भएको छ। आज बसेको यी तीन दलको संयुक्त बैठकले काँग्रेससँग तालमेल गर्ने सहमति भएको  हो।

बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई दलले तालमेल गर्ने सहमति जनाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत उक्त जानकारी गराएका छन् । त्यसैगरी प्रदेश नम्बर २ मा राष्ट्रिय सभाको लागि मधेशवादी दलहरुले काँग्रेससँग तालमेल गर्ने निर्णय गरेका छन्।

पहिले वाम गठबन्धनसँग तालमेल गर्न भएका मधेशवादी दलहरु राजपा र सङ्घीय समाजवादी फोरम एकाएक काँग्रेससँग तालमेल गर्ने भएका हुन्।

विश्वप्रकाशको ट्वीट:

विवेकशील साझा र नयाँ शक्ति पार्टीले
रास्ट्रीयशभा निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने
सहमति !

दलमा नविनता तथा राजनीतिमा रुपान्तरण आजका जिवन्त र साझा मुद्दा हुन् ! सद्भाव र सहकार्यसाथ त्यो लक्ष्य हासिल गर्न समर्थ बन्नुछ दलहरूले !!

— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 24, 2018

प्रकाशित : बुधबार, माघ १०, २०७४१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हेर्नुस् काठमाडौँ लगायत पहाडी र हिमाली क्षेत्रमा परेको हिमपातको दृश्यहरु ( फोटोफिचर )