२ दिन पहिले नै यी युवतीको विवाहमा पुगिन् आलिया भट्ट!

Leaderboard Banner

एजेन्सी, बलिउडकी चर्चित अभिनेत्री आलिया  भट्टको अभिनय, सुन्दरता र उनको क्यूटनेसको फ्यान धेरै छन्।  पछिल्लो केहि दिनयता आलिया आफ्नो आगामी चलचित्र  ‘ब्रह्मस्त्र’ मा व्यस्त छिन्। हालै आलिया अफ्नो नजिकको साथी कृपा मेहताको विवाह समारोहमा गएकी थिइन्। आलिया विवाह समारोहमा उपस्थित हुनको लागि २ दिन पहिले नै राजस्थानको जोधपुरमा पुगेकी थिइन् ।

आलियालाई विवाह समारोहमा लगाएको ड्रेसले निकै आकर्षक र हट देखिएको छ ।  उनले क्रिम कलरको लेहेङ्गा लगाएकी छिन् । यस आउटफिटको साथमा उनले लाइट मेकअप गरेकी छिन्।

बताईएअनुसार कृपा मेहता आलियाको कलेजको साथी हुन्। केहि दिनको लागि फिल्मबाट बिदा लिएर आलिया आफ्नो बेस्ट फ्रेन्डको विवाहमा उपस्थित भएकी थिइन्।  आलिया छिट्टै नै ब्रह्मस्त्रमा रणवीर कपुर र महानायक अमिताभ बच्चनसँग देखिने छिन्। यसको साथै आलियाको अर्को चलचित्र राजा पनि छिट्टै नै रिलिज हुनेछ।

प्रकाशित : मङ्गलबार, माघ ०९, २०७४१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आमिर खानलाई महिला फ्यानले खुलेआम सेक्सको प्रस्ताव राखेपछि: पत्नी किरणले के भनिन् ?