भारतले सिमा मिचेकाे भन्दै सर्वाेच्चमा रिट (पुर्णपाठसहित)

Leaderboard Banner

काठमाडाै । विरगञ्जमा भारतले सिमा मिचेकाे भन्दै सर्वाेच्चमा रिट दायर भएकाे छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगन्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ। रिटमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल-भारत सीमा टोलीका प्रमुख लगायतलाई विपक्षी बनाइएको छ।

सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरेका छन् । साथै सुगौली सन्धी र साविकका जंगे पिल्लर भन्दा फरक प्रकृतीले सीमा स्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन् ।रिटमा ‘पुराना पिल्लरको ठाँउमा नयाँ पिल्लर राख्दा नेपालतर्फ चापी सुगौली सन्धी र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगञ्ज मा.न.पा. १ छपकैया एरिया सिर्सैया खोलाधार तर्फको लगभग ३०० मिटर नेपालको जमिन मिचि मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको उल्लेख गरीएकाे छ   ।’मुद्दाकाे पहिलो सुनुवाइको पेशी बुधबारका लागि तोकिएको छ।

यस्तो छ रिट-

 

 

प्रकाशित : मङ्गलबार, माघ ०९, २०७४१६:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चिनियाँ सामग्री नेपाल भित्रिँदै