काबुलमा भएको आक्रमणमा सात युक्रेनी नागरिकको मृत्यु

Leaderboard Banner

किभ, ८ माघ। अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी मृत्यु हुनेहरूमध्ये सात जना युक्रेनी नागरिक रहेको पुष्टि भएको छ ।

इन्टरकन्टीनेन्टल होटलमा भएको आतङ्कवादी आक्रमणमा परी उनीहरु मारिएको युक्रेनी राजदूतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

ताजकिस्तान र अफगानिस्तानका लागि युक्रेनी राजदूत भिक्टोर निकित्युकले पिडितहरू अफगान एयरलाइन्समा कार्यरत कर्मचारी रहेको जानकारी दिनुभयो ।

घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको थियो । ती मध्ये १४ जना विदेशी नागरिक रहेका थिए ।

अफगानी सुरक्षा फौजसँग दोहोरो भिडन्त समेत भएको सो दुखद् घटनामा पाँच जना आक्रमणकारीको पनि मृत्यु भएको सुरक्षा श्रोतले जनाएको छ ।

शनिबार राती देखि सुरु भएको भिडन्त झण्डै १२ घण्टापछि आइतबार मात्रै सरकारी सुरक्षाफौजले जितेर होटल आफ्नो नियन्त्रणमा लिएको थियो ।

अफगानिस्तानस्थित युक्रेनी कुटनीतिक कर्मचारीहरूले मृतक युक्रेनीहरूको शव अफगानिस्तानबाट उनीहरूको घरठाँउमा लैजानका लागि तयारी गरिरहेको निकित्युकले जानकारी दिनुभयो ।

होटलमा भएको आक्रमणका बारेमा तालिवान लडाकू समूहले यसअघि नै जिम्मा लिइसकेको छ । रासस÷सिन्ह्वा

प्रकाशित : मङ्गलबार, माघ ०९, २०७४११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गाैचन हत्याकाण्डका मुख्य सुटर पक्राउ