सिलवाललाई सरकारले “भयङ्कर अपराधी” जस्तो व्यवहार गरेपछि अन्तत एमालेले मुख खोल्यो

Leaderboard Banner

काठमाडौँ, ८ माघ । नेकपा नेकपाले ललितपुर -१  नवनिर्वाचित सांसद नवराज सिलवाललाई सरकारले भयङ्कर अपराधी जस्तो व्यवहार गर्दै नेपाल प्रहरीको आग्रहमा इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समचारहरु प्रतिको पार्टीको ध्यानाकर्षण भएको भन्दै औपचारिक रुपमै बिज्ञप्ति जारी गरेको  छ।

सोमबार एमालेले स्थायी कमिटीको बैठक बोलाएर सिलवालका विषयमा सरकारले चलेका हेरक कदमहरुप्रति ध्यानाकर्षण भएको जनाएको हो । बैठकपछि एमाले सचिव प्रदिप ज्ञवालीद्वारा जारि बिज्ञप्तिमा भनिएको छ, ‘ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा थप भनिएको छ – ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।’

अहिले कामचलाउ बनेको सरकारको गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकै सक्रियता र निर्देशनमा नेपाल प्रहरीले सिलवालको खोजी कार्यलाई तीव्रता दिईरहेको छ। सिलवालमाथी सरकारले प्रहरीको कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोग लगाएको छ।  तर  सिलवालले भने उक्त कुरा प्रतिशोधपूर्ण तवरले प्रधानमन्त्री एवं काँग्रेस सभपतिले लगाएको मिथ्या आरोप मात्र रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : मङ्गलबार, माघ ०९, २०७४११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गाैचन हत्याकाण्डका मुख्य सुटर पक्राउ