एमालेले अाज १६ उम्मेदवारकाे चयन गर्ने

Leaderboard Banner

काठमाडाै । माघ २४ मा हुन लागेकाे राष्ट्रियसभा निर्वाचनका लागी एमालेले उम्मेदवारकाे चयन गरीरहेकाे छ । साेमबार बेलुकी बसेकाे एमालेकाे बैठकले १२ जना उम्मेदवारकाे टुङगाे लगाएकाे थियाे । एमालेले  अाज बालकाेटमा थप १६ उम्मेदवारकाे चयन गर्न लागेकाे हाे ।

राष्ट्रिय सभा निर्वाचनका लागी माओवादी केन्द्रसँग  भएको तालमेल अनुसार एमालेको भागमा २९ उम्मेदवार परेको छ । हिजोको बैठकले तीन वटा प्रदेशको १३ उम्मेदवारको नाम टुङगो लगाएको थियो । ७ नम्बर प्रदेशबाट ४ जना , ५ नम्बर प्रदेशबाट ५ जना र ४ नम्बर प्रदेशबाट ४ जनाको नाम टुंगो लगाएको हो । त्यस्तै अाजकाे बैठकमा ४ वटा प्रदेशको राष्ट्रिय सभाका उमेदवारको नामावली टुङग्याउने छ । जस मध्ये अाज स्थायी कमिटी बैठकले प्रदेश नम्बर १, २,३ र ४ को राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने भएकाे हाे ।

एमाले स्थायी कमिटीकाे बैठक अाज एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बिहान ११ बजेदेखि बस्ने  जनाइएकाे छ ।

प्रकाशित : मङ्गलबार, माघ ०९, २०७४११:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सिलवाललाई सरकारले “भयङ्कर अपराधी” जस्तो व्यवहार गरेपछि अन्तत एमालेले मुख खोल्यो