दिव्य वाग्मती गंगा पूजा सम्पन्न

Leaderboard Banner

काठमाडौँ,  वसन्तपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका– १२ टेकुको धनेश्वर मन्दिरमा आज दिव्य वाग्मती गंगा पूजा गरिएको छ ।

सत्प्रयास सिद्धि सेवाश्रम परिवारले वाग्मती सभ्यताको संरक्षण गरी जलसंस्कृतिलाई जीवन्तता दिने उद्देश्यले सो अनुष्ठान गरेको हो । उक्त कार्यक्रममा प्रदेश नं ३ का सांसद विराज श्रेष्ठले मानव सभ्यतासँग जोडिएको वाग्मती नदीको सफाइभन्दा पनि त्यहाँ फोहर मिल्काउन प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिनुभयो ।

ज्योतिषी ओजराज उपाध्यायले वैदिक परम्परामा प्रकृति, अग्नि र नदीमा भएको शक्तिलाई देवताका रुपमा पूजा गर्ने गरिएको बताउँदै अव्यवस्थित बसोबास र ढल मिसाउने कार्यले वाग्मती दूषित भएकामा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रम आयोजक संस्थाका सचिव देवेन्द्र प्रधान, समाजसेवी रघुराज राजभण्डारी र सिरु वाग्लेले स्थानीय क्षेत्रमा प्राचीन महत्वका सम्पदास्थल रहेकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा शिव भजन, गंगा आरतीका साथै प्रसाद वितरणसमेत गरिएको थियो । -रासस

प्रकाशित : सोमबार, माघ ०८, २०७४२०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मीनासँगको डिभोर्सपछि मनोज गजुरेलले मुख खोले, यस्तो रहेछ भित्री कारण