छोराले गरे आफ्नै बुबाको खुकुरीले घाँटी रेटी हत्या

Leaderboard Banner

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफैँ आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : सोमबार, माघ ०८, २०७४१८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘एउटा शिशु एउटा सीप’ अभियान शुरु