बजेट अभावमा बन्द हुदै अमेरीकी पुस्तकालय

Leaderboard Banner

काठमाडौँ । अमेरीकाकाे सहयाेगमा सञ्चालित  काठमाडाै स्थित रहेकाे केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल  बजेट अभावका कारण बन्द हुने भएकाे छ । अमेरिकाको तल्लो सदनले बजेट पास गरे पनि माथिल्लो सदनबाट बजेट  पास नभएपछि पुस्तकालय र दुतावासकाे ट्विटर एकाउन्ट बन्द हुन लागेकाे हाे ।

पछिल्लाे समयमा अमेरीकि राष्ट्रपति ट्रम्पले   प्रवासीहरुलाई अमेरिकामा बस्न नदिने घोषणा गरेपछि त्यसको पक्ष र विपक्षमा सिनेटरहरु बिभाजित छन् । सोही विवादको असर बजेटमा पनि परेको बताइन्छ ।गत शनिबार भएको मतदानमा बजेटको पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । जबकी बजेट पारित हुन ६० मत आवश्यक थियो । खर्च अभावमा धेरै सरकारी कर्मचारीहरुलाई तलब खुवाउनै समस्या परेको छ । अमेरिकी सेनासहित ३० प्रतिशत कर्मचारी बजेट अभावमा प्रभावित हुने अनुमान छ ।

अमेरीकाकाे सदनमा भएकाे बजेट विवादका कारण नेपालमा सन्चालित पुस्तकालय पनि बन्द हुन लागेकाे हाे । नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्याण्डलमा दूतावासले चलाउँदै आएको ट्वीटर अकाउन्ट बन्द हुने उल्लेख छ ।

प्रकाशित : सोमबार, माघ ०८, २०७४१३:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अब विद्यालय समयमा शिक्षकले माेबाइल बाेक्न नपाउने