सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

Leaderboard Banner

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज तालबन्दी गरिएको छ ।

आंगिक क्याम्पस समायोजन संघर्ष समितिले तीनबुँदे माग अघि सार्दै तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजनसम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन् सोहीअनुरुप समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि केन्द्रीय सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरेअनुसार गर्नुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने माग अघि सार्दै तालाबन्दी गरिएकोलगायत माग अघि सारेर तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताउनुभयो ।

विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस सञ्चालक समितिले २०७० र २०७१ असोज ६ गतेपछि गरेका निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

प्रकाशित : आइतबार, माघ ०७, २०७४१९:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तस्करी बढेपछि ढुङ्गा, गिटी, बालुवा उत्खननमा रोक