देउवासँग रिसाए धनकुटेली काँग्रेसी: जिल्ला पदाधिकारीहरूद्वारा सामुहिक रुपमा राजिनामा

Leaderboard Banner

धनकुटा, ७ माघ । देउवा सरकारले प्रदेश नम्बर न. १ को अस्थायी मुकाम बिराटनगरलाई बनाउने सुइँको पाउन साथ आन्दोलित बनेको थियो, धनकुटा । साविकको पूर्वाञ्चल क्षेत्रीय राजधानी समेत रहेको धनकुटालाई प्रदेशको राजधानी नबनाएकोमा सम्पूर्ण धनकुटा अहिले सरकारसँग रुष्ट छ।

यसैबीच विराटनगरलाई अस्थाई प्रदेश बनाएपछि आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारको विरोधमा उडेको नेपाली कांग्रेस धनकुटाका सम्पूर्ण पदाधिकारीहरूले सामूहिक रुपमा राजीनामा दिएका छन् । नेतृत्वले आफुहरुलाई धोका दिएको भन्दै धनकुटा जिल्लाका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले पार्टी सभापतिले प्रधानमन्त्री हुँदा पनि आफुहरुलाई बेवास्ता गरेको आरोप लगाउदै सामुहिक राजिनामा दिएका छन्। हिजो शनिबार पत्रकार सम्मेलननै गरेर नेपाली कांग्रेस धनकुटा जिल्लाकार्यसमिति देखि नगरपालिका, गाउँपालिका लगायत जिल्ला तहका सबै पार्टी पदाधिकारीले सामुहिक राजीनामा दिएको घोषणा गरेका थिए ।

रजिनामा दिँदै धनकुटा काँग्रेस जिल्ला सभापति अग्निप्रसाद पौडेलले  पहिले राणाकाल, पञ्चायतकाल देखि बहुदलीय व्यवस्थामा रहँदा सम्म पनि पुर्वाञ्चलको क्षेत्रीय सदरमुकामको रुपमा कायम रहेको धनकुटालाई अहिलेको काँग्रेस नेतृत्वको सरकारले अन्याय गरेको बताए।उनले प्रयाप्त भौतिक पूर्वाधार रहेको धनकुटालाई छोडेर विरानगरमा प्रदेश राजधानी तोकिनुले समग्र धनकुटेलीलाई अन्याय भएको भन्दै मातृभूमिभन्दा ठूलो पार्टी नहुने पनि बताए । धनकुटेली जनताले विगत ३६ दिनदेखि लगातार आन्दोलन गर्दा पनि कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको अदूरदर्शी र अन्यायपूर्ण निर्णय गरेको उनले उल्लेख गरे ।

प्रदेश १ मा पर्ने सम्पूर्ण१४ वटै जिल्लालाई सडक सञ्जालले जोडिएको केन्द्र भागमा पर्ने क्षेत्र हुँदा हुँदै पनि धनकुटालाई बेवास्ता गरिएको भन्दै उनीहरुले सरकारको निर्णयको विरोध गरेका हुन् ।

सामुहिक राजिनामा पत्र:

प्रकाशित : आइतबार, माघ ०७, २०७४१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अन्तत बन्द फिर्ता लिएर बुटवल सपथ ग्रहण गर्न आए दाङका संसद !