विभिन्न देशबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ भने यस्तो छ आजको विनिमय दर

Leaderboard Banner

काठमाडौं,  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ  १६  पैसा र विक्रिदर २७ रुपैयाँ ३२  पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७   पैसा र विक्रिदर २८ रुपैयाँ १३ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७३   पैसा र विक्रिदर २७ रुपैयाँ ८९   पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५  रुपैयाँ ८७   पैसा र विक्रिदर २६ रुपैयाँ ०२  पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५  पैसा र विक्रिदर ९ रुपैयाँ ६१  पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९   रुपैयाँ ०२  पैसा छ भने विक्रिदर ३ सय ४१  रुपैयाँ ०२  पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २   सय ७०  रुपैयाँ १९ पैसा र विक्रिदर २  सय ७१  रुपैयाँ ७८  पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

यस्तो छ आजको दररेट:

प्रकाशित : आइतबार, माघ ०७, २०७४१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज फेरी बढ्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर !