तीन दिनमा नेप्से ३४ अंकले ओरालो

Leaderboard Banner

काठमाडौ । बिहिबार देखि लगातार ओरालो लागिरहेको शेयर बजार तिनदिन भित्रमा ३४ अंकले घटेको छ । अघिल्लो साताको बिहीबार १४४०.२९ विन्दुमा रहेको नेप्से परिसूचक ३३.७९ अंकले घटेर १४०६ विन्दुमा आइपुगेको छ ।

पुसको पहिलो सातादेखि नै नैप्सेमा खासै परीवर्तन आएको छैन । आरएसआईको विश्लेषण अनुसार नेप्से परिसूचक अहिले ‘न्युट्रल जोन’ अर्थात् सन्तुलित अवस्थामा रहेको जनाइरहेको छ । ।

नेप्सेको आरएसआई सूचक स्केल ३० माथि आएकाले बजार न्युट्रल जोनमा रहेको संकेत गरेको हो । आरएसआई सूचक स्केलको ६ विन्दुसम्म पुगेर बढ्दो क्रममा देखिएको हो । हाल यो ४० मा छ । त्यो विन्दुमा नेप्सेले टेवा पाउन नसकेमा १३५२ मा अर्को टेवाको सम्भावना देखिएको छ । तर, नेप्सेले धेरै वृद्धि हासिल गर्न सक्ने भने देखिँदैन । यही अवधिमा नेप्सेले १४४४ विन्दुमा प्रतिरोध पाउने सम्भावना पनि छ । नेप्सेको उच्च, न्यून र अन्तिम विन्दुका आधारमा पिभट, टेवा र प्रतिरोध विन्दुहरु पत्ता लगाइने गरिन्छ ।

प्रकाशित : शनिबार, माघ ०६, २०७४१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

त्रिविका सबै क्याम्पसमा स्मार्ट बोर्ड र निःशुल्क वाइफाई